+
+

सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्न तुर्माखाँद गाउँपालिकाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:४२

२१ चैत, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

१२ पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले तुर्माखाँद स्थायी बसोबास भएर सार्वजनिक पद धारणा गरेका सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको थियो ।

२० चैतमा सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनका लागि सघाउन सबै समक्ष गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले त्यसअघि मंसिर ८ र ९ गते शैक्षिक संवाद कार्यक्रम गर्दै सबै राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतसँग छलफल गरेको थियो । छलफलमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?