+
+

पशुपालक किसान भुक्तानीसँगै बीमाबाट पनि वञ्चित भए : डेरी एसोसिएसन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:१६
फाइल तस्वीर

२१ चैत, काठमाडौं । पशुपालक किसान भुक्तानी नपाउने समस्यासँगै पशु बीमा सुविधाबाट समेत वञ्चित हुँदै गएको नेपाल डेरी एसोसिएसनले बताएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरूले राज्यबाट पाउनुपर्ने बीमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको गुनासो गरिरहेको एसोसिएसनले बताएको छ ।

सरकारले दिने पूर्णरकम अग्रिम नपाएसम्म बीमा नगर्ने कम्पनीहरूको अडानले किसान मारमा परिरहेको संघको भनाइ छ । राज्यले बीमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्न र नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर विना झन्झट उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।

अहिले बेचेको दूधको भुक्तानी समयमा नपाएका किसान बीमाबाट समेत वञ्चित भएको एसोसिएसनले जनाएको छ । पशु आहारा, कामदार तलब, औषधोपचार आदि निरन्तर खर्च गरिरहनुपर्दा बीमाको आवश्यकता अझ बढी पर्ने र महामारी वा अन्य कुनै कारण पशुको क्षति भए बीमा नहुँदा पशुपालक किसानलाई ठूलो मार पर्ने एसोसिएसनको गुनासो छ ।

यस्तो विषयले किसान सडकमै पुग्ने निश्चित रहेको गुनासो पनि एसोसिएसनको छ । दुःखद् अवस्थामा जसरी पनि पेसामा टिकाइ राख्न राज्यको दायित्व हुने तथा किसानले पाउनुपर्ने बीमा सुविधा तत्काल उपलब्ध गराई बीमा कम्पनीलाई पशु बीमा र कृषि बीमा गर्न र गराउन एसोसिएसनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?