+
+

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:५८

२२ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने भएका छन् ।

‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन । अहिले म काठमाडौंमै छु’,  डा.जोशीले अनलाइनखबरसँग भने । बहुमत नपाउने निश्चित भइसकेका मुख्यमन्त्रीलाई आफूले विश्वासको मत दिन आवश्यक नरहेको उनले बताए ।

‘विश्वासको मत पाउने भए अर्को कुरा हुन्थ्यो, तर मलाई पनि सजिलै भयो’, उनले भने । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सातै जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहको पद जोगाउन जोशीको मत निर्णायक हुन्थ्यो ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १९ र नाउपासँग ७ सिट छ । नाउपाका सबै सांसदले मत दिएमा एक सांसद अपुग हुन्थ्यो र स्वतन्त्र सांसद जोशीको मत लिएर सरकार जोगाउने मुख्यमन्त्री शाहको तयारी थियो ।

बहुमत जुटाउन मुख्यमन्त्री शाहले नाउपाका पाँच जनालाई मन्त्री बनाएका छन् । तर मन्त्री नरहेका नाउपाका दुई सांसदले विश्वासको मत नदिने भएपछि स्वतन्त्र सांसद जोशीले पनि मत नदिने भएका छन् ।

‘म मेरो सांसदहरुसँग काठमाडौंमै छु, उहाँहरुले मत दिनु हुन्न’, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले भने । उनी अरु सांसदहरुले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँछन् । ‘विश्वासको मत नदिन ह्वीप जारी गरिएको छ, त्यसैले मत दिने कुरा हुन्न’, श्रेष्ठले भनिन् ।

यद्यपि नाउपा प्रदेश संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ । यो निर्णय बमोजिम सरकारमा सहभागी ५ मन्त्रीले विश्वासको मत दिँदा मुख्यमन्त्री शाहको पक्षमा २४ मत पुग्ने देखिन्छ । यो मत प्रदेशसभाको अल्पमत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?