+
+

जापानी खानपान : स्वाद, स्वास्थ्य र संस्कृतिको स्वादिलो मिश्रण

नेपालमा जापानी खानपान संस्कृति किन ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १९:२६

जापानीहरु किन लामो आयु बाँच्छन् ? नेशनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको पछिल्लो रिपोर्टले भन्छ, ‘यसको पछाडि उनीहरुको आहार एक प्रमूख कारण हो ।’

त्यसो भए जापानीहरु के खान्छन् त ? यसको जवाफले मात्र पनि पुग्दैन । जापानीहरु कसरी खान्छन्, कति खान्छन् भन्ने प्रश्न यहाँ मूख्य रुपले जोडिन्छ । जापानमा खानपानप्रति जागरुकता र सचेतना बढी छ । खानालाई स्वस्थ्य र तन्दुरुस्तीकै हिस्सा मान्नु र त्यही अनुसारको परिकार तयार गर्नु उनीहरुको खास विशिष्ठता हो ।

जसरी जापानी खानालाई पोषणको समृद्ध स्रोत मानिन्छ उसैगरी खानपान संस्कृतिलाई पनि । ताजा हुनु, वनस्पतिजन्य स्रोत बढी समेटिनु, पोषण नष्ट नहुनेगरी तयार गर्नु, कम प्रशोधित अन्न प्रयोग गर्नु जापानी खानाको आफ्नो विशेषता हो । पृथक पाककलाले जापानी खानालाई पोषिलो बनाएको छ । जापानीहरुको खानपानमा हरियो सागपात एवं काँचो परिकारको मात्रा बढी हुनेगर्छ, जुन पोषण र पाचनका लागि सर्वोत्तम मानिन्छ ।

जापानीहरुमा मोटोपनको समस्या बिरलै हुनेगर्छ । किन ? यसबारे पनि खोज अध्ययन भएका छन् । र, त्यसको साझा निचोड के छ भने जापानीहरुमा मोटोपनको समस्या नहुनुमा खानपानको खास भूमिका छ । सन्तुलित, सुपाच्य र पोषिलो खानाले गर्दा जापानीहरु छरितो अनि तगडा देखिन्छन् ।

जापानी खानापानको विकासक्रमलाई हेर्ने हो भने यसको लामो इतिहास छ । सैयौं बर्षको खोज, अध्ययन, अभ्यास र अनुभवको निचोड हो, जापानी खाना । सैयौं बर्षअघि नै उनीहरुले खानालाई केवल पेट भर्न मात्र होइन औषधिको रुपमा प्रयोग गर्दै आए । खानालाई आरोग्य र दीर्घायुको स्रोत माने ।

जापानको खाना, पाककला, खानपान शैली विश्वकै लागि अनुकरणिय मानिन्छ ।

जापानी खानपान संस्कृतिबाट के सिक्ने ?

जापानी खानपान संस्कृतिबाट नेपाली समाजले धेरैकुरा सिक्नुपर्ने बताउँछन्, अर्जुन अधिकारी । डेढ दशक बढी जापानमा बसेर नेपाली खाना प्रवद्र्धन गरेका अधिकारी भन्छन्, ‘हामीले अरु कुरा जस्तै खानपान संस्कृति पनि आदनप्रदान गर्नु जरुरी छ ।’ जापानको होक्काइडोमा उनले नेपाली परम्परागत खानेकुरा चखाउने र चिनाउने काम गरेको बताउँछन् ।

‘हाम्रो नेपाली खानेकुरा पनि स्वाद र पोषणको हिसाबले कम छैन’ उनी सुनाउँछन्, ‘तर, जापानी खाना, पाककला र संस्कृति भने हाम्रो लागि अनुकरणिय छ ।’

जापानमा रहँदा उनले के पाए भने जापानीहरु खानालाई स्वादसँग मात्र जोड्दैनन्, बरु स्वस्थ्यमा जोड दिन्छन् । यसो हुनुमा खानपान सचेतनाको व्यापकता एउटा कारण हो । अधिकांश जापानी खानपान र पोषणबारे जानकारी राख्छन् ।

‘त्यसैले उनीहरुको खानामा स्वाद र स्वास्थ्यको बेजेड संयोजन पाइन्छ’ अधिकारी भन्छन् ।

नेपालमा जापानी खाना प्रवर्द्धन

त्यसो त जापानी व्यञ्जन विश्वभरको मेनुमा उपलब्ध छ र यसका पारखी पनि उत्तिकै छन् । जापानी सुसी, रामेन होस् वा अरु व्यञ्जन, धेरैले रुचाउने गरेको पाइन्छ ।

होक्काइडो नेपाल विजनेस ग्रुप (एचएनबिजि)ले नेपालमा पनि जापानी खानपान संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ बाट यस समूह अन्तर्गत विभिन्न रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ, जहाँको भान्सामा परम्परागत जापानी व्यञ्जन पाक्ने गर्छ ।

बुढानिलकण्ठको पार्क भिलेज होटेलको हातामा होक्काइडो रामेन हाउस रेष्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयसता काठमाडौंको विभिन्न ६ स्थानमा जापानी रेष्टुरेन्ट खुलिसकेको छ । होक्काइडोको शाखाहरु देक्काइडो फार्म हाउस बुढानिलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइडो र्‍याडिसन होटल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्धमा सञ्चालित छ ।

‘जापानी खाना संस्कृतिलाई प्रवर्द्धन गर्नका साथै स्वदेशमा रोजगारको अवसरहरु पनि दिन सकौं भन्ने ध्येय हो’ अधिकारी भन्छन्, ‘हामीले सकेसम्म यसलाई देशभर फैलाउने योजना बनाएका छौं ।’

यसले प्रत्यक्ष रुपमा मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने उनको अपेक्षा छ । ‘हाम्रो जस्तो मुलुकको अर्थतन्त्रलाई चलयामान बनाउन होटल–रेष्टुरेन्टको खास भूमिका हुन्छ’ उनी भन्छन्, ‘यस्तो स्थितीमा जापानी रेष्टुरेन्टले स्वदेशी र विदेशी दुबै ग्राहकलाई आमन्त्रण गर्छ ।’

फोटो–भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?