+
+

कमजोर ‘भिजिबिलिटी’ ले सिमरा उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते ११:४२

२५ चैत, काठमाडौं । तराई भेगमा कमजोर ‘भिजिबिलिटी’ हुँदा आइतबार सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।

सिमरामा आज निर्धारित उडान ‘डिले’ भइरहेका छन् । निजी वायुसेवा कम्पनी बुद्ध एयरका अनुसार आज बिहानैबाट कमजोर भिजिबिलिटीले सिमरामा उडान हुन नसकेको हो ।

सिमरा विमानस्थल वरपर लागेको डढेलो तथा खेतमा किसानले लगाएको आगोले उत्पन्न धुवाँका कारण समेत यो विमानस्थल आसपास भिजिबिलिटी कम हुने गर्छ ।

तराईका अन्य विमानस्थलमा भने उडान सामान्य रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?