+
+

सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ११:५८

काठमाडौं । दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।

इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरिसकेका थिए । घोषणापछि फ्यान दुःखी थिए ।

विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने उल्लेख छ ।

पछिल्लो दुई वर्षदेखि दुवैजना अलग बस्दै आएका छन् । घोषणापछि आफ्ना छोरा यात्रा र लिङ्गाको विद्यालय समारोहमा यी दुई कलाकार एकसाथ देखिएका थिए । १७ जनवरी २०२२ मा धनुषले एक्समार्फत आफूहरु अलग हुन लागेको बताएका थिए ।

अदालतमा पेश गरिएको याचिकामा धनुष र ऐश्वर्याले आफूहरु अलग हुने निर्णय गरेको उल्लेख छ । धनुष र ऐश्वर्याको विवाह सन् २००४ मा भएको थियो । त्यसबेला उनीहरु २१ र २३ वर्षका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?