+
+
Shares

निजामती कर्मचारीको स्वास्थ्य जाँच अब सिंहदरबारमै

मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १४:५८

१९ असार, काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो।

शुभारम्भका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले रक्तचाप परीक्षण गराएकी थिइन्।

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सिंहदरबारभित्रै संचालनमा ल्याइएको बताइएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक सचिव कार्यालयका गोमिक सिद्धि शिल्पकारका अनुसार सेवा इकाइले अस्पतालसम्म पुग्नुअघि आवश्यक प्रारम्भिक स्वास्थ्य परीक्षण र परामर्श प्रदान गर्नेछ।

‘मन्त्रालयका कर्मचारीले सामान्य परीक्षणका लागि अस्पतालसम्म आउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले सेवा इकाइ सञ्चालन गरिएको हो। यहाँ रगत संकलन, प्रारम्भिक स्वास्थ्य परीक्षण र आवश्यक प्रयोगशाला परीक्षण गरिन्छ। परीक्षणका आधारमा थप उपचार वा विशेषज्ञ सेवाको आवश्यकता देखिएमा बिरामीलाई अस्पतालमा रिफर गरिन्छ,’ उनले भने।

उनका अनुसार सेवा इकाइमार्फत चिकित्सक (फिजिसियन)बाट प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, प्रयोगशालाका लागि नमुना संकलन तथा आवश्यकताअनुसार अस्पतालमा रिफर गर्ने व्यवस्था गरिएको छ।

अस्पतालले सेवाको आवश्यकता र प्रभावकारिताका आधारमा आगामी दिनमा सेवा इकाइबाट प्रदान गरिने स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?