+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिंहदरबारभित्रै सलाम नगरेको भन्दै हवल्दारले गरे जवानलाई दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:३१

२७ चैत, काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक जना प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई दुर्व्यवहार गरेका छन् ।

सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले दुर्व्यवहार गरेको प्रहरी स्रोतले बताएको छ । हवल्दार भण्डारी अर्थमन्त्रीको सुरक्षामा खटिएका प्रहरी हुन् ।

मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले यसबारे आफूलाई जानकारी आएलगत्तै सिंहदरबार गणका एसपी सन्तोष तामाङलाई विस्तृतमा बुझ्न भनेको बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘के भएको हो, बुझेर रिपोर्ट गर्न भनिसकेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?