+
+
Shares

बाल मनोविज्ञानबारे फिल्म ‘सारंग’ बन्ने, शीर्ष भूमिकामा ऋचा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १४:२४

काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार र आर्थिक असमानताको विषयमा फिल्म ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको लेखन तथा निर्देशन हुने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी, सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।

प्रेसमिटमा काञ्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले फिल्मले मनोरञ्जनसँगै सूचना प्रदान गर्ने विश्वास व्यक्त गरे । अभिभावकलाई भविष्यका कर्णधार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार तथा जिम्मेवारी बोध गराउन फिल्म सफल हुने धारणा उनले राखे ।

निर्देशक तामाङले आफूले देखिआएको विषयलाई पर्दामा उतार्न लागेको बताए । अभिनेत्री शर्माले फिल्मको कथावस्तु मनपरेको भन्दै यसले समाजलाई सही दिशामा अघि बढ्न प्रेरणा दिने बताइन् ।

दर्शन बुद्ध फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायाकारमा गोपाल राय छन् । मित्रध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डीपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’को हुनेछ । फिल्म बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गर्ने योजना निर्माताको योजना छ । छायांकन वैशाख २ गतेदेखि सुरु हुने जनाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?