+
+

संक्रमणकालीन न्यायको प्रक्रिया छिट्टै टुंग्याउनुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:१८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायको प्रक्रिया छिट्टै टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

लैङ्गिक हिंसा न्यूनीकरणका लागि काम गरिरहेको साथी संस्थाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संक्रमणकालीन न्यायसम्वन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा अध्यक्ष मगरले द्वन्द्वबाट प्रभावितको उजुरीमा अध्ययन गरी राज्यलाई कार्यान्वयनका लागि सिफारिस गर्ने बताए ।

‘द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको करिब १८ वर्षसम्म पनि संक्रमणकालीन न्यायको प्रक्रिया नटुङ्गिनु प्रभावितका लागि मात्रै होइन, यस प्रक्रियासँग जोडिएका सरोकारवालाका लागि पनि समस्याको विषय हो,’ उनले भने ।

कार्यक्रममा साथी संस्थाले विभिन्न संस्थासँगको सहकार्यमा ‘नेपालको संक्रमणकालीन न्यायका अवरोध र आगामी बाटो’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त अवसरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमले संक्रमणकालिन न्याय प्रक्रिया छिटो टुङ्ग्याउन सरोकारवाला सबै निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

साथी संस्थाका संस्थापक एवं सिड कमिटीका सदस्य बन्दना राणाले  लैङ्गिक हिंसाबाट प्रभावितका लागि पुनर्स्थापना, आर्थिक सशक्तीकरणमा साथ दिंदै आएको साथीले १० वर्षे द्वन्द्वबाट प्रभावितको समस्यालाई लैङ्गिक, समावेशी र प्रभावितसँग विस्तृत रूपमा छलफल गरी अध्ययन प्रतिवेदन तयार गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?