+
+

मानविकीका उत्कृष्ट विद्यार्थीले थेसिस लेख्न २५ हजार पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १७:०८

४ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)बीच थेसिस गर्न सिनासवृत्ति स्थापना गर्ने सहमति भएको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय अनर्तगतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुको शोधकार्य गर्न प्रति विभाग एक विद्यार्थीलाई सिनासवृत्ति दिने सहमति भएको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । उनका अनुसार यही शैक्षिक सत्रबाट लागू हुने गरी विभागबाट सिफारिस भइआएका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रतिविद्यार्थी २५ हजार रकम प्रदान गरिनेछ ।

त्यसको लागि सिनासले केन्द्रीय विभाग र स्ववियुसँग समन्वय गरी आवश्यक कार्यविधि बनाएर शैक्षिक सत्र २०८०/०८१ बटा निरन्तर रुपमा सञ्चालनमा ल्याइने सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?