+
+

सी डिभिजन लिगमा बागमती युथ क्लबको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते २१:१७

४ वैशाख, काठमाडौं । सर्लाहीको बागमती युथ क्लबले सी डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बागमती युथ क्लबले सामाजिक युथ क्लबलाई २-० ले पराजित गरेको हो ।

बागमतीको जितमा निर्मल बल र सनम घिमालले पहिलो हाफमा गोल गरे ।

निर्मलले आठौं मिनेटमा गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए भने सनमले ३४औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।

दोस्रो चरणमा आरसी ३२ फुटबल एकेडेमीसँग ३-० ले पराजित भएको बागमतीले तेस्रो चरणमा जित निकाल्दै पुनरागमन गरेको छ ।

दोस्रो जितपछि तीन खेलबाट ६ अंक जोडेको बागमती तेस्रो स्थानमा उक्लेको छ ।

सामाजिक युथ क्लब भने अझै जितविहिन छ । पहिलो चरणमा पुल्चोक स्पोर्ट्स क्लबसँग ३-० ले पराजित भएको सामाजिक युथले दोस्रो खेलमा सानेपासँग बराबरी खेलेको थियो । तीन खेलबाट सामाजिकको जम्मा १ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?