+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ललितपुरको सबै वडामा आजदेखि महिलाको पाठेघर र स्तन क्यान्सर नि:शुल्क परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १७:३३

१२ वैशाख, काठमाडौं । ललितपुर महानगरले महिलामा देखापर्ने विभिन्न स्वास्थ्य समस्याहरुको नि:शुल्क परीक्षण थालेको छ । पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको हो ।

एक महिनाभित्र महानगरको २९ वटै वडामा आयोजना गर्ने उक्त शिविरको सुरुवात वडा नम्बर १४ स्थित तिखेदेवलबाट सुरु गरिएको प्रजनन स्वास्थ्य फोकल पर्सन दाताराम अधिकारीले बताए ।

उनका अनुसार शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले उपचारसमेत गरिदिनेछ । पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपीभी डीएनए विधिद्वारा गरिने महानगरले जनाएको छ ।

यस्तै महानगरले गत आर्थिक वर्षमा पनि महानगरका आठवटा वडामा एच पि भि डि एन ए पाठेघरको मुखको क्यान्सर परीक्षण) विधिद्वारा १ हजार ३ सय महिलामा परीक्षण गरेको थियो । उक्त परीक्षणमा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको थियो, जसलाई उपचार महानगरले गरिदिएको थियो ।

महानगरका प्रवक्ता राजु महर्जनले महानगरले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट महिला दिदीबहिनी प्रभावित भएको तथ्यांक छ, त्यसको न्यूनीकरणका लागि हामीले महानगरका सबै वडामा यो शिविर राखेका हौं ।’

महर्जनले ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप, घर घरमा पुगेर ज्येष्ठ नागरिक र अशक्तको स्वास्थ्य परीक्षणको काम गरेको समेत जानकारी दिए । उनले भने,‘स्वास्थ्य क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ । ’

स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने ललितपुर महानगरले जानकारी दिएको छ ।

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसार भरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभि डि एन ए प्रभावकारी विधि हो ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लागेको तथ्याङ्क बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाको एचपिभिडिएनए बाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए ।

नेपाल सरकारले आर्थिक वर्ष २०८० ÷२०८१ मा कोशी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपिभि डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा गुरु गरी सकेको छ ।

सन् २०३०सम्म ३० वर्षमाथिका महिलामध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?