
१४ वैशाख, जनकपुरधाम । जनकपुरधामको बीच बजारबाट प्रहरीले ७ लाख भन्दा बढी मूल्यको भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।
जानकी चोकीबाट खटेको प्रहरी टोलिले जनकपुरधाम स्थित महावीर चोकबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको भन्सार छलिका लत्ताकपडा र किरानाको समामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुनसार लत्ताकपडा, किरानको सामान ७ लाख २० हजार ९५० रुपैयाँ बराबरको रहेको छ ।
बुधबार दिउँसो बरामद गरेका उक्त अवैध सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4