+
+

शेखर कोइराला र गगन थापाबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १२:५३

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आइतबार विहान भेटवार्ता भएको छ ।

आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा उनीहरुबीच भेटवार्ता भएको हो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले यो भेटघाटलाई नियमित भनेका छन् ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ ।

दुई नेताबीच महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे पनि कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?