+
+

कटुवालको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १६:३९

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको नयाँ कार्यसमिति गठन भएको छ । १८ औं वार्षिक साधारणसभाबाट गायक प्रकाश कटुवाल अध्यक्ष चयन भएका छन् ।

उपमहासचिव, सचिव र सहसचिवबाहेकका अन्य पद सर्वसम्मत चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) चयन भए ।

महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रवीन्द्र रिमाल चयन भएका छन् । सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा र रूपक परियार निर्वाचित भए ।

स्मृति गौतम सहसचिव, सविन चौहान प्रवक्ता, विन्द गौतम कोषाध्यक्ष र सहकोषाध्यक्षमा टीका सानु निर्वाचित भए । सदस्यमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नकुलप्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश सिवाकोटी, दिलबहादुर भण्डारी, यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमी श्रेष्ठ, निरुता खत्री, प्रतिमा अर्याल र सुजाता केसी निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ गराएको छ । समारोहका प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय सङ्गीतकर्मी संघका तर्फबाट कलाकारहरुले निकै ठूलो योगदान पुर्‍याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?