+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १२:०६

काठमाडौं । टेकुस्थित कौसी थिएटरमा जेठ ३ गतेदेखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ । जेठ २६ गतेसम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ ।

राजकमल फकिरको निर्देशन तथा डिजाइनमा नाटक तयार भएको हो । नेपालीकरण गरिएको यो नाटक अग्रवाल इन्भेस्टमेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९ औं तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस वरपर घुम्छ ।

रहस्य र थ्रिलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, वासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीनचन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष व्याञ्जू, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिंजाली लगायतको अभिनय छ ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहनेछ । नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे नियमित मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?