+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पूर्वडीएसपीलाई दुर्व्‍यवहार गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १८:३८

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पन्थीलाई दुर्व्‍यवहार गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ ।

काठमाडौंको पशुपति क्षेत्रमा अर्घाखाँची घर भएका पूर्वडीएसपी पन्थीलाई बाँधेर जुत्ताको माला लगाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पन्थीलाई युवाहरुको एक समूहले बाँधेर जुत्ताको माला लगाएको पाइएको छ ।

उनका अनुसार घटना केही दिन अघिको हो । जाहेरीकर्ता पन्थी पूर्वडीएसपी रहेको समेत पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुर्गा प्रसाईंका समर्थकहरुले पन्थीलाई जुत्ताको माला लगाएको पाइएको हो । प्रसाईंको आलोचना गरेको भन्दै जुत्ताको माला लगाएको पीडित पन्थीले प्रहरी समक्ष बताएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा सोमबार मात्रै एक जना पक्राउ परेका छन् । अन्य व्यक्तिको खोजी भइरहेकाले प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?