२ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई सरकारले एक खर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अध्यक्ष सिंहले सरकारले भुक्तानी नदिएको गुनासो गरे ।
खरिद नियमावलीको १३औं संशोधन मार्फत म्याद थप भएका २ हजार बढी आयोजनाको १ खर्बभन्दा बढी भुक्तानी बाँकी रहेको उनको भनाइ छ ।
सरकारले ५ खर्बको योजनाको स्रोत सुनिश्चितता दिएको तर व्यवस्थापन नभएको ५८५ अर्ब लागतको आयोजना ठेक्का लगाएको उनको आरोप छ ।
स्रोत सुनिश्चितता नभएका आयोजनाका लागि स्रोतको व्यवस्थापन वा खारेज गर्न सुझाव दिँदै उनले १ खर्ब भुक्तानी कसरी गर्ने भन्दै सरकारसँग प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4