 
																			३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकताको विषयमा सरकार सजग हुनुपर्ने बताएका छन् ।
महिला कानुन र विकास मञ्चले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले नागरिकता वितरणमा सरल व्यवस्था गर्न नहुने बताएका छन् ।
‘विश्वकै सबैभन्दा धेरै जनसंख्या भएका दुईवटा देशको बीचमा रहेको मुलुकमा हामीले नागरिकता जारी गर्नमा सहजीकरण, धेरै सरलतामा लग्यौं भने त्यसको प्रभाव के पर्छ त्यो पनि हेर्न जरुरी छ’, उनले भने ।
नागरिकता वितरणमा सरलता अपनाउँदा नेपालमै समस्या देखिएको खतिवडाले बताए । ‘कतिपय अवस्थामा बोल्दा तितो होला, अप्ठ्यारो होला । तर, नागरिकता र सरलताका परिणाम हामीले देखेका छौं । बुवा भन्दा छोरो पहिले नेपालमा आएर नागरिकता लिएको र म भूमिपुत्र हुँ भनेका उदाहरणहरु छन्’, उनले भने ।
कोही पनि नेपाली नागरिकताबाट बञ्चित हुन नहुने उल्लेख गर्दै खतिवडाले भने, ‘तर, बाहिरियाहरुलाई पनि सरलताका साथ नागरिकता जहाँ पायो त्यहीँ एकदम छयासछ्यास्ती पाइन्छ भन्ने वातावरण सिर्जना नहोस् भनेर सरकार सजग हुनुपर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4