
फाइल तस्वीर
१३ जेठ,काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) को ८ महिनामा वन क्षेत्रबाट ४ अर्ब ८६ करोड राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा संरक्षित क्षेत्र सहित सम्पूर्ण वन क्षेत्रबाट ४ अर्ब ७७ करोड राजस्व संकलन गरेकोमा यो वर्षको फागुन मसान्तसम्मै ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।
दाउरा र काठ कति उत्पादन ?
यस्तै चालु आर्थिक वर्षको फागनु मसान्तसम्ममा २ करोड ४७ लाख १८ हजार क्युबिक फिट काठ उत्पादन भएको छ ।
गत आर्थिक वर्षमा निजी र राष्ट्रिय वन गरी कुल ३ करोड १८ लाख क्युबिक फिट गोलिया काठ उत्पादन भएको थियो ।
यस्तै चालु आवको फागुन मसान्तसम्म ७७ हजार २०५ चट्टा दाउरा उत्पादन भएको छ ।
गत आवमा मा राष्ट्रिय वनबाट ४१ हजार ९९८ चट्टा दाउरा उत्पादन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4