+
+

कोशी सरकारको प्राथमिकता : फराकिलो आर्थिक वृद्धि र रोजगारी सिर्जना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:२४

१२ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटका सिद्धान्त र प्राथमिकताहरू आइतबार प्रदेशसभामा पेश गरेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस अनुपस्थित रहेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

सरकार गठन सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने कांग्रेसले अडान लिएको छ ।

प्रदेशसभा बैठकमा अर्थमन्त्री मगरले फराकिलो आर्थिक वृद्धि दर तर्फ प्रदेशलाई अघि बढाउदै संघीयता सबल तुल्याउने गरी बजेट ल्याउने बताए । प्रदेशमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी मार्फत आर्थिक वृद्धि हासिल गरी अर्थतन्त्रको विकास गर्ने तर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने उनको भनाइ छ ।

उत्पादनशील क्षेत्रमा लगानी परिचालन गरी उत्पादन एवं उत्पादकत्व वृद्धि गर्दै रोजगारीका अवसर सिर्जना गर्ने सरकारकाे प्रथमिकता छ । अर्थतन्त्रलाई गतिशील बनाउँदै आर्थिक वृद्धिको दिगोपना कायम गर्दै प्रदेशमा रहेका निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्यालाई कम गर्दै लैजाने सरकारको लक्ष्य छ ।

प्रदेश सरकारले प्रदान गर्ने सबै प्रकारका अनुदान, आयोजना तथा कार्यक्रममा हुने दोहोरोपना हटाउन संघ र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।

आर्थिक विकासको लागि लगानीमैत्री वातावरण बनाउने, आर्थिक विकासका नवीनतम सम्भावना र अवसरका क्षेत्रहरूको पहिचान एवं प्रवर्द्धन गर्ने, योजनाबद्ध विकासको लागि प्रभावकारी स्रोत परिचालन गर्ने, बजेट प्रणालीको सुधार गरी आर्थिक अनुशासन कायम गर्नेलगायत प्राथमिकता र सिद्धान्त कोशी सरकारले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?