+
+

विकल पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते २०:०९

१४ जेठ, काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यसअघि गत मंगलबार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख विगो र त्यति नै असुल्ने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?