+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ११:४०

१७ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गरेका छन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीको जिज्ञासामा विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’

माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । प्रचण्डले विहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने बताएका हुन् ।

‘उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो’ प्रचण्डले भने, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्काे गठबन्धन बन्ने सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?