+

यी लक्षण देखिए हुनसक्छ हैजा

२०८१ जेठ  २१ गते १०:४१ २०८१ जेठ २१ गते १०:४१
Shares
यी लक्षण देखिए हुनसक्छ हैजा

हाल उखरमाउलो गर्मीसँगै पिउने पानीको माग पनि ह्वात्तै बढेको छ । बजारमा उपलब्ध पिउने पानी सबै सफा र सुरक्षित नहुन पनि सक्छ । विगत केही वर्षयता विशेषगरी गर्मी बढ्दै जाँदा पिउने पानीको परीक्षणबाट फेकल कोलिफोर्म (दिसा मिसिएको) देखिने गरेको जानकारी सार्वजनिक हुँदै आइरहेको छ ।

विभिन्न संक्रमण नै झाडापखालाका कारक हुन् । यी संक्रमणहरुमध्ये हैजा सबैभन्दा संवेदनशील र कडा मानिन्छ । छिमेकी देश भारतमा हैजा देखिसकेको अवस्थामा अनि दुई देशबीचको खुल्ला र विना स्वास्थ्य परीक्षणको सहज आवतजावतले हैजाको जोखिम बढेको देखिन्छ । काठमाडौंमा पनि एक हप्तायता हैजाको जस्तै लक्षणसहितको झाडापखालाका बिरामी ह्वात्तै बढेको देखिन्छ । काठमाडौंमा वर्षेनीजसो हैजा देखिंदै आइरहेको अवस्थामा आगामी दिनमा हैजा ढिलो चाँडो नदेखिए भन्न सकिंदैन ।

हैजाका अधिकांश संक्रमितमा लक्षण कडा नहुन सक्छ । तसर्थ समुदायमा हैजा देखिसकेको रहेछ भने पनि परीक्षणको दायरामा आउने सम्भावना कम हुनेछ । तर ती संक्रमितहरुले आफू संक्रमण भएको एकदेखि १० दिनसम्म दिसा मार्फत हैजाको ब्याक्टेरिया फ्याँकिरहेको हुन्छ । यदि व्यवस्थित चर्पी नरहेको वा संक्रमितले आफ्नो हात राम्रोसँग साबुन पानीले नधोइदिंदा हैजा फैलिने अवस्था सिर्जना हुन्छ ।

१० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ । नेपालमा विशेषगरी सहरबाहिर हैजा फैलिंदा बिरामीको मृत्यु हुने गरेको विगतका तथ्यांकहरुले देखाउँछन् । तर काठमाडौंमा भने धेरै अस्पताल/क्लिनिकको सहज पहुँचले तुलनात्मक रुपमा मानवीय क्षति कम भएको देखिन्छ । यसबाट पनि समयमा उपचार पाए हैजाबाट हुने मृत्युलाई धेरै कम गर्न सकिने देखिन्छ । तसर्थ हैजाको लक्षण शंका लागे तुरुन्त परीक्षण गर्ने र पुष्टि भएमा उपचार गर्न सहज हुनेछ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पानी जस्तो पखाला लाग्नु, बान्ता हुनु र मांसपेशीका (विशेषगरी खुट्टाको) बौडिनु हैजाका मुख्य लक्षण हुन् । संक्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खानेकुरा मार्फत यो अर्को व्यक्तिमा फैलिने गर्छ । पछिल्लो पटक काठमाडौंमा देखिएको हैजा संक्रमित बिरामीले साधेको चाउचाउ खाँदा बिरामी परेका थिए जसमध्ये एकजना (दुईमध्ये) केही समय अचेत समेत भएका थिए । अहिले बजारमा ‘स्ट्रिट फुड’ व्यापक देखिन्छ र हैजाको जोखिम न्यूनीकरण गर्न अनुगमन अति आवश्यकता देखिन्छ ।

त्यस्तै हाल जारको पनि व्यापक उपभोग गर्ने भएकाले सोको अनुगमन पनि हुन आवश्यक देखिन्छ । यो लेखकले सन् २०१५ मा पहिलो पटक जारको पानीबाट हैजा फैलिएको भन्दा धेरैले विश्वास गरेका थिएनन् तर पछि यसको पुष्टि भएको थियो ।

समग्रमा, बढ्दो गर्मीसँगै हैजाको जोखिम पनि बढ्दै गइरहेको छ । तर खानेकुरा, पानी र व्यक्तिगत सरसफाइमा ध्यान दिन सक्ने हैजाको फैलावटलाई रोक्न धेरै हदसम्म मद्दत मिल्नेछ । सम्बन्धित निकायले पनि अनुगमनलाई नियमित र कडाइ गर्न आवश्यक देखिन्छ भने परीक्षणको सहजता पनि हुन अति जरुरी देखिन्छ । के तपाईंलाई चौलानी पानी जस्तो दिसा र बान्ता तारन्तार भइरहेको छ ? त्यो हैजा पनि हुनसक्छ है ।

डा. शेरबहादुर पुन सरुवा रोग हैजा
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
संक्रामक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?