
२१ जेठ, काठमाडौं । न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।
महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4