
२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र सरकारी गाडीमा आगलागी भएको छ ।
विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी भएको हो । आगलागीबाट गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएपछि पाछाडिएको भाग भने क्षति हुने पाएको थिएन ।
आगलागीको कारण भने नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4