+

इन्जाइमले शरीरमा के काम गर्छ ?

२०८१ जेठ  २४ गते ११:४९ २०८१ जेठ २४ गते ११:४९
इन्जाइमले शरीरमा के काम गर्छ ?

शरीरभित्र हुने रासायनिक गतिविधिहरूकै कारण मानिस जीवित र स्वस्थ रहन्छ । यी रासायनिक गतिविधिलाई गति दिने काम मानव शरीरको प्रत्येक कोषिकामा रहेको हजारौं इन्जाइमको हो ।

सरल भाषामा बुझ्ने हो भने यी इन्जाइम शरीरभित्रका उत्प्रेरकहरू हुन् । उदाहरणका लागि हामी सुत्ने, खाने, हाँस्ने, रुने, हातखुट्टा चलाउने, सास लिने सबै काम स्वत: हुँदैन । पहिला शरीरमा रासायनिक प्रतिक्रिया हुन्छ, त्यसपछि मात्रै यो सम्भव छ । यी रासायनिक परिवर्तनलाई गति दिन इन्जाइमले शरीरमा उत्साह भर्छ ।

सबैभन्दा बढी श्वासप्रश्वास, खानाको पाचन र मांसपेशी तथा स्नायु प्रणालीको काममा यी आवश्यक छन् । इन्जाइमहरू प्रयोग हुँदैमा नष्ट हुँदैनन् । एक कोषिकाले चाहेको खण्डमा पटक-पटक प्रत्येक इन्जाइमलाई प्रयोग गर्न सक्छ । इन्जाइमको सक्रियताले नै मानिसलाई जीवित र स्वस्थ राख्छ ।

इन्जाइमहरु केबाट बन्छन् ?

अधिकांश इन्जाइमहरू प्रोटिनबाट बन्छ । केही रिबोन्युक्लिक एसिड (आरएनए)बाट पनि बनेका हुन्छन् । आरएनए अणुहरूले डीएनएबाट प्राप्त जानकारी प्रयोग गरेर प्रोटिनहरू बनाउँछन् ।

यसको महत्व

पाचन प्रणाली : इन्जाइमहरूले शरीरमा ठूला र जटिल अणुहरूको ग्लुकोजलाई मसिनो बनाउन मद्दत गर्छन् । ताकि शरीरले तिनीहरूलाई सोसेर ऊर्जाको रूपमा प्रयोग गर्न सकोस् । पाचनप्रणालीमा हुने इन्जाइमलाई पाचनरस भनिन्छ ।

डीएनए : शरीरको प्रत्येक कोषिकामा डीएनए हुन्छ । प्रत्येक पटक जब कोषिका विभाजित हुन्छ, कोषले डीएनएको प्रतिलिपि बनाउनुपर्ने हुन्छ । इन्जाइमहरूले यस प्रक्रियालाई पूरा गर्न डीएनएलाई खोलेर प्रतिलिपि बनाउन मद्दत गर्छन् ।

लिभर इन्जाइम : कलेजोले शरीरमा विषाक्त पदार्थहरू हटाउने प्रक्रियामा पनि इन्जाइमको झुण्डले मद्दत गर्छ ।

त्यस्तै, हर्मोन उत्पादन, कोषको नियमितता, संकेत ओसारपोसार गर्ने र मांसपेशीलाई चलायमान राख्न पनि यसले मद्दत गर्छ ।

न्जाइमले काम गर्ने अवस्था 

इन्जाइमहरू केही परिस्थितिहरूमा मात्र काम गर्न सक्छन् । मानव शरीरमा अधिकांश इन्जाइमहरू लगभग  ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) मा राम्रो काम गर्छ, जुन सामान्य शरीरको तापक्रम हो । यो भन्दा कम तापक्रममा सुस्त काम गर्छन् ।

यदि तापमान धेरै उच्च छ वा वातावरण धेरै अम्लीय वा क्षारीय छ भने इन्जाइमले यसको आकार परिवर्तन गर्छ । जसले स्वास्थ्य समस्या ल्याउन सक्छ ।

हाम्रो शरीरमा ‘पावर अफ हाइड्रोजन’ (पीएच लेभल) हुन्छ, जसले शरीरमा भएको अम्लीयको स्तर मापन गर्छ । यदि शरीरमा धेरै अम्लीय वा क्षारीय वातावरण छ भने इन्जाइमहरूले राम्रोसँग काम गर्दैनन् ।

यद्यपि विभिन्न इन्जाइमहरूले एसिड (अम्लीय)को विभिन्न स्तर सहन्छन् । उदाहरणका लागि आन्द्रामा इन्जाइमहरु लगभग ८ पीएच छ भने राम्रो काम गर्छ । जबकि पेटमा इन्जाइमहरुको लगभग १.५ पीएचमा  राम्रो काम गर्न सक्छन् ।

किन हुन्छ शरीरमा इन्जाइमको कम उत्पादन ?

शरीरले इन्जाइम उत्पादन गर्न नसक्ने थुप्रै कारण छन् । जसमा आमाशयको दीर्घरोग, गर्भावस्था, एन्जाइटी र मधुमेह प्रमुख हुन् । यसबाहेक उमेर ढल्किंदै जानु र जीवनशैली अस्वस्थ हुँदै जाँदा पनि शरीरले इन्जाइम पहिलेको जस्तो उत्पादन गर्न सक्दैन र शरीर कमजोर हुँदै जान्छ ।

त्यस्तै, धुम्रपान, एन्टिबायोटिक औषधिहरुको प्रयोग, अति प्रशोधित खानेकुरा र तनावले पनि यसको उत्पादनमा असर गर्छ ।

इन्जाइम असन्तुलन वा कमी हुनुको संकेत

एक्सोक्राइन प्यान्क्रियाटिक समस्या : यो एक अवस्था हो, जहाँ आमाशयमा पर्याप्त पाचन रसहरु हुँदैन । जसकारण खानाबाट पोषक तत्वहरू अवशोषित हुँदैनन् र पेट खराब हुन्छ ।

ल्याक्टोजको समस्या : दूध र डेरी उत्पादनमा चिनी पचाउन आवश्यक इन्जाइमको कमी शरीरमा छन् भने पनि खाएपछि बान्ता वा अपच हुनसक्छ ।

इन्जाइम कम भएमा पेटमा ब्याक्टेरियाको असन्तुलन गराई खानेकुराको रुचि कम हुने र खाएको पनि पच्दैन । नतिजा,  शरीरका लागि आवश्यक ऊर्जाको लागि खानेकुरा शरीरले सोस्न सक्दैन । त्यस्तै, डायरिया र कब्जियत पनि गराउँछ ।

त्यस्तै, प्रतिरक्षा प्रणाली कमजोर हुने, थकान,  छालामा पनि समस्या गराउन सक्छ । यी खानेकुरामा इन्जाइमको क्षमता बढाउने शक्ति हुन्छ ।

एभोकाडो, मेवा, आँप, केरा, किवी, अदुवा, स्याउ, अंगुर, अन्जीर, मह र बन्दाकोपी लगायतका प्राकृतिक खानेकुरा ।

एजेन्सीको सहयोगमा

इन्जाइम शरीर स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी