+

पपकर्नले हानि त गरिरहेको छैन ?

२०८१ जेठ  २७ गते १४:१२ २०८१ जेठ २७ गते १४:१२
Shares
पपकर्नले हानि त गरिरहेको छैन ?

खासगरी सिनेमा हलमा पपकर्नको खपत धेरै हुने गरेको छ । पपकर्न खाँदै सिनेमा हेर्नुको मज्जा छुट्टै हुन्छ । पपकर्न सादादेखि विभिन्न फ्लेबरमा समेत पाइन्छ ।

सिनेमा घर मात्र होइन, घरमा पनि पपकर्न खाने प्रचलन बढ्दो छ । पपकर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई मनपर्ने खानेकुरा हो । सादा पपकर्न संसारको सबैभन्दा स्वस्थ स्न्याक फुडमध्ये एक मानिन्छ ।

पपकर्नमा कार्बोहाइड्रेट, फाइबर, भिटामिन बी कम्प्लेक्स, फस्फोरस, जिंक, म्याग्निज र आइरन लगायतको पोषक तत्व पाइन्छ । युनिभर्सिटी अफ स्क्र्यान्टनले गरेको एक अध्ययनअनुसार पपकर्नमा राम्रो मात्रामा ‘पोलिफेनोल एन्टिअक्सिडेन्ट’ पाइन्छ, यी पोलिफेनोल हाम्रो रक्तसञ्चारका लागि निकै महत्वपूर्ण हुन्छन् । साथै, पपकर्नले पेट स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

तर यदि तपाईं पपकर्नलाई फिल्म हलमा खाँदै हुनुहुन्छ भने यो भने स्वास्थ्यका लागि फाइदाजनक नहुन सक्छ ।

कस्तो अवस्थामा पपकर्न हानिकारक हुन्छ ?

हामीले फिल्म हलमा खाने गरेको चीज र कारमेल लगायत पपकर्न स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । र, हानिकारक हुनुको कारण पपकर्न बनाउने प्रक्रिया हो ।

प्रशोधन सही भएन भने स्वस्थकर लाग्ने खाना पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसको उत्कृष्ट उदाहरण आलु हो । उसिनेको आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ, तर त्यही आलुबाट फ्रेन्च फ्राइज बनाइयो भने त्यसमा ट्रान्सफ्याटको मात्रा हुन्छ । ट्रान्सफ्याट एक प्रकारको स्वास्थ्यका लागि अति हानिकारक चिल्लो पदार्थ हो । चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात हुनसक्छ ।

त्यसैगरी सिनेमा हल वा सुपर मार्केटमा पाइने पपकर्नमा धेरै प्रकारका केमिकल मिसाइएको हुन्छ । यसमा ट्रान्स फ्याट र नुन पनि धेरै मात्रामा हुन्छ । यो खाँदा रक्तचाप र हृदयरोगको जोखिम बढ्न सक्छ ।

सादा पपकर्न निकै फाइदाजनक भएपनि फिल्म हलमा पाइने मसला, चीज र बटर भएका पपकर्न मन्द विष जस्तै हुनसक्छन् । सादा पपकर्नमा अलिकति नुन छर्केर खाँदा फाइदा हुन्छ तर चीज, बटर, कारमेल मिसाउँदा त्यसमा क्यालोरी धेरै हुन्छ । धेरै क्यालोरीयुक्त खानाको सेवनले मोटोपन र कालान्तरमा मधुमेह उच्च रक्त जस्तो समस्या निम्तिन सक्छ ।

प्याकेट बन्द ‘तुरुन्त पकाएर खान मिल्ने पपकर्न जसमा मसला र बटर हुन्छ’ यस्तो पपकर्नमा सोडियमको मात्रा बढी हुन्छ । यसको दैनिक धेरै सेवन गरियो भने यसले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ ।

प्याकेट बन्द पपकर्नमा ट्रान्स फ्याटको मात्रा धेरै हुन्छ । यसको दैनिक सेवनले शरीरमा ट्रान्स फ्याट बढाउँछ, जुन मुटुको स्वास्थ्यका लागि हानिकारक हुन्छ । बजारमा पाइने प्याकिङ पपकर्नमा कृत्रिम रंग, स्वाद र प्रिजरभेटिभको प्रयोग गरिन्छ, जसले स्वास्थ्यका लागि झन् हानिकारक हुन्छ । बजारमा पाइने पपकर्नमा धेरै मात्रामा बटरको प्रयोग भएको हुन्छ, जसले यसमा अतिरिक्त क्यालोरी थप्छ । साथै, यसलाई दैनिक खाँदा तौल पनि बढ्न सक्छ ।

मानिसहरू पपकर्नलाई हल्का खाजाको रुपमा लिने गर्छन् र धेरै मात्रामा खाने गर्छन् । पपकर्न धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ, जसले छिटो तौल बढाउन सक्छ ।

माइक्रोवेभमा बनाइने पपकर्न केमिकल भएको प्याकेटमा आउँछ । माइक्रोवेभमा बनाइएको पपकर्नले क्यान्सर निम्त्याउँछ, किनभने पपकर्नलाई माइक्रोवेभमा राख्दा पर्फ्लुरोओक्टानोइक एसिड बन्छ । यो एक प्रकारको सिन्थेटिक रसायन हो, जसले प्यान्क्रियाज, मिर्गौला, पिसाब, कलेजो र अण्डकोषको क्यान्सर गराउन सक्छ ।

खानेकुरा पपकर्न प्रणिती सिंह सिनेमा हल
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’