+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक महिनाभित्र दूधको भुक्तानी गर्न एमाले प्रमुख सचेतकको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १९:१७

२९ जेठ, काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मुल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौं । माननीय मन्त्रीज्युले एक महिनाभित्र दूधको मुल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढंगबाट होस् ।’

रासायनिक मल कारखाना स्थापनाको माग भइराखेको उल्लेख गर्दै उनले सरकारले प्राङ्गारिक मलको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ७५३ वटै पालिकामा एक/ एक वाट प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?