
काठमाडौं । टिभी प्रविधि क्षेत्रमा अग्रणी ब्रान्ड सामसङले फुटबल सिजनलाई लक्षित गरी नेपाली बजारमा विशेष अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ । ठूला टिभी मोडल खरिद गर्दा ग्राहकले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने छन् । अन्य टिभीसँगै खरिद गरिएका साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ।
क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै ग्राहकका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको कम्पनीको भनाइ छ ।
अफर अनुसार सामसङ इन्स्टा फाइनान्सले १८ महिना अवधिका लागि शून्य प्रतिशत ब्याजमा ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्ने सक्नेछन ।
ग्राहकका लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीलाई नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार निःशुल्क इन्स्टिलेसन सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी सुविधा रहेको छ । यो अफर ३१ असारसम्म लागु हुने छ ।
आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालका लागि सामसङ टिभीको आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार डिलर नेटवर्क मार्फत अफरका टिभी खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया 4