+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १४:२१

३ असार, काठमाडौं । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।

‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।

यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?