काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।
अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’ उनले लेखेकी छन् । तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ । तस्वीरमा उनीहरु रोमान्टिक मुद्रामा छन् ।
अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिका हुन् भने महेश पनि सांगीतिक क्षेत्रका सक्रिय कलाकार हुन् ।
तस्वीर : अस्मिता अधिकारीको फेसबुकबाट
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4