+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १६:२५

५ असार, रौतहट । रौतहटको मौलापुरबाट प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका वडा नं. ५ पथराबाट बुधबार भारतीय नागरिक मोनुकुमार जयसवाल पक्राउ परेका हुन् ।

जेठ २२ गते बुधराममा रहेको माँ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली प्रहार गरी फरार रहेका व्यक्तिको खोजीको क्रममा जयसवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने ‘उनी घटनामा संलग्न रहेको आशंका छ, थप अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।’

पक्राउ परेका जयसवाल बिहार राज्यको मोतिहारीमा ‘बाबा ग्याङ्ग’ नामको आपराधिक समूहमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी यसअघि पनि सीमा क्षेत्रमा लुटपाटको घटना घटाउने तथा तस्करीमा सक्रिय रहेको उपरीक्षक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?