+
+
Shares

दाङमा बनेका ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंमा विशेष प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङका फिल्मकर्मीले निर्माण गरेका दुई नयाँ फिल्म ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंको ऐरावत पिक्चर हाउसमा जेठ १ देखि ७ गतेसम्म विशेष प्रदर्शन हुने भएका छन्।
  • ‘द रिचुअल’ फिल्ममा मगर समुदायको झाँक्री परम्परालाई मुख्य आधार बनाइएको छ भने ‘इहिरी’ फिल्म रोल्पाको खाम मगर समुदायको जीवनशैलीलाई कथावस्तु बनाएको छ।
  • निर्देशक विशाल रोका मगरले ‘इहिरी’ फिल्म झन्डै १० वर्षको प्रयासपछि निर्माण सम्पन्न भएको र ‘लाहुरेनी : द गुर्खा गर्ल’ डकुमेन्ट्रीले सन् २०२१ मा ‘बेस्ट डेब्युटान्ट फिल्ममेकर अवार्ड’ प्राप्त गरेको बताएका छन्।

काठमाडौं । दाङका फिल्मकर्मीले निर्माण गरेका दुई नयाँ फिल्म ‘इहिरी’ र ‘द रिचुअल’ काठमाडौंमा विशेष प्रदर्शन हुने भएका छन् । ‘सिनेमाज अफ दाङ’ नाम दिइएको यो प्रदर्शनी जेठ १ गतेदेखि ७ गतेसम्म थापाथलीस्थित ऐरावत पिक्चर हाउस मा सञ्चालन हुने जनाइएको छ ।

रोल्पाको मगर समुदायको मौलिक परिवेशमा आधारित यी फिल्म निर्देशक विशाल रोका मगरले निर्देशन गरेका हुन् । आयोजकका अनुसार स्थानीय भाषा, संस्कृति र समाजलाई केन्द्रमा राखेर बनेका यी फिल्मले काठमाडौंबाहिर पनि लामो समयदेखि निर्माण भइरहे पनि मुख्यधार प्रदर्शनको अवसर भने कम पाइरहेका छन् ।

यसअघि भक्तपुर फिल्म फेस्टिभल र काठमाडौं हरर फिल्म फेस्टिभलमा छनोट भइसकेको ‘द रिचुअल’ सहरीकरणको तीव्र प्रभावबीच हराउँदै गएको स्थानीय रीतिथितीको कथामा आधारित छ । चलचित्रमा मगर समुदायको झाँक्री परम्परालाई मुख्य आधार बनाइएको बताइएको छ ।

त्यस्तै ‘इहिरी’ पहिलोपटक सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र हो । रोल्पाको उपल्लो क्षेत्रमा छायांकन गरिएको यो फिल्म झन्डै १० वर्षको प्रयासपछि निर्माण सम्पन्न भएको निर्देशक मगरले बताएका छन् । चलचित्रमा खाम मगर समुदायको जीवनशैलीलाई मुख्य कथावस्तु बनाइएको छ ।

निर्देशक मगर यसअघि ‘लाहुरेनी : द गुर्खा गर्ल’ डकुमेन्ट्रीमार्फत चर्चामा आएका थिए । उक्त डकुमेन्ट्रीले सन् २०२१ मा ‘फिल्म साउथ एसिया’ मा ‘बेस्ट डेब्युटान्ट फिल्ममेकर अवार्ड’ प्राप्त गरेको थियो ।

प्रदर्शनी हुने ऐरावत पिक्चर हाउस लाई डक्स्कुलले स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसै वर्ष जनवरीदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।

‘सिनेमाज अफ दाङ’ नाम दिएर प्रदर्शन गर्न लागिएका यी चलचित्र थापाथलीस्थित ऐरावत पिक्चर हाउसमा देखाइनेछन् । उक्त पिक्चर हाउस डक्स्कुलले स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित गत जनवरी महिनादेखि सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?