७ असार, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् ।
भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4