
१७ असार, काठमाडौं । चार दिनमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो ।
विगत ४ दिनदेखि सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख ४१ हजार ८ सय तथा आइतबार १ लाख ४२ हजार पुगेको थियो ।
चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबारदेखि यहीं मूल्यमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4