 
																			१७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठूला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्मा कविता सुनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् ।
एउटा कुटे जस्तो गर्छौ
एउटा रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ
अर्को अलि पर सर्छ
तिमी हाम्रो हात काट्छौ
र चम्चाले खुवाउँछौ
दिउँसो कम्मल बाँध्छौ
राति घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारबाट
हामी बेखबर
आँखा चिम्लेर तिम्रो जयजयकार गर्छाैं
र त हामी दुःख पाउँछौं
यी सब तिम्रा नाटक हुन्
हामीलाई थाहा छ तिमीहरू
आपसमा मिलेर अवसरको साझेदारी गर्छौ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4