
काठमाडौं । गायक जोहेब मानन्धरले नयाँ गीत ‘एक दिन’ ल्याएका छन् । जोहेबकै शब्द तथा संगीत रहेको गीतमा उनलाई मिलन नेवारले गायनमा साथ दिएकी छन् । गीतलाई सुदीप कार्कीले एरेन्ज गरेका हुन् ।
वैवाहिक जीवनमा उतारचढाव आउँदै सम्बन्धविच्छेदसम्म पुग्ने घटनालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कार्म र रुविना थापा फिचर्ड छन् । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेलको छायांकन र मित्र डी गुरुङको सम्पादन छ । भिडियोको अवधारणा र कथा जोहेबले नै तयार पारेका हुन् ।
गीत ‘हाइटेक इन्टरटेनमेन्ट’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । लामो समयदेखि सक्रिय सांगीतिक क्षेत्रमा जोहेब डेढ दशकअघि ‘म यस्तो गीत गाउँछु तिम्रो चाहनामा’ गीतबाट चर्चामा आएका थिए । उनका तिमीविना, किन किन, सम्झिंदा लगायत गीत रुचाइएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4