+
+
Shares

राकुराको वातावरण मैत्री ‘टी ब्याग’ बजारमा 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २४ गते १३:३४

काठमाडौं । राकुराले क्रान्तिकारी ‘म्याजिक नट’ टी ब्याग बजारमा सार्वजनिक गरेको छ ।

५ दशकभन्दा बढी अनुभवमा आधारित रहेर नेक्स्ट जेनरेसन चिया उत्पादनलाई बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित हुनुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाइ दिने विश्वास कम्पनीको छ।

विश्वकै एक अत्याधुनिक ‘ट्यान्डेम एयर-नटेड’ प्रविधि प्रयोग गरेर चियाको उत्पादन गरिएको कम्पनीको भनाइ छ । यो नयाँ गैरताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टी ब्याग हुने कम्पनीको दाबी छ ।

उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरू छैनन्) ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्ने र विश्वकै पहिलो ओकेकम्पोस्ट प्रमाणित घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउने कम्पनीले जनाएको छ ।

म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश रहेकोले गैर-जीएमओ कपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियालाई विश्वकै एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजन मात्र हुने घोषणा गरेको छ।

२१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको कम्पनीले जनाएको छ । उत्पादन भइसकेका चिया र मिश्रणमा समेत सुधार गरेको छ ।

नेक्स्ट जेनेरेसन ब्लु प्रिन्ट टी ब्याग सार्वजनिकसँगै सन् २०३० सम्म कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

नेपालको चिया उद्योगका लागि सधैं नयाँ आयाम खोल्ने इतिहास राखेको राकुराका प्रबन्ध निर्देशक नीराज राठीले बताए ।

नयाँ पुस्ताको टी ब्याग

राकुरा म्याजिक नट टी ब्याग विश्वकै पहिलो र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लुमुक्त उत्पादन भएको कम्पनीको दाबी छ । टी ब्याग सफा, आर्द्रता मुक्त हावा र प्रमाणित जैविक अनब्लिच्ड-कपासको धागो प्रयोग गरी सिल गरिएको छ । टी ब्यागले चियाको चुस्कीसँगै हानिकारक प्लास्टिक वा रसायनहरू पिउन नपर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

पूर्णतया कम्पोस्ट गर्न मिल्ने

टी ब्यागमा वातावरण मैत्री सजिलै समात्न मिल्ने ट्यागहरू छन् । साथै ‘ओके कम्पोस्ट’ प्रमाणित घरमै कम्पोस्ट पनि गर्न मिल्छ । टी ब्यागमा कुनै पनि ब्लिचिङ,  हानिकारक तत्वहरु प्रयोग गरिएको छैन । चिया पिउनेहरुले प्रयोग गरेको टी ब्यागलाई गमलाका बिरुवा वा घरको बगैंचामा कम्पोस्टको रूपमा प्रयोग गर्न सकिन्छ ।

अतुलनीय चिया अनुभव

टी ब्यागमा कुनै पनि प्रकारका कृत्रिम सामग्री, सुगन्ध तथा रंग प्रयोग नहुने भएकोले ताजा र उत्कृष्ट स्वादको चिया पिउन पाइन्छ ।

विश्वका सबैभन्दा लोकप्रिय चियाका २१ नयाँ प्रकार समावेश गरी मौजुदा चियामा समेत उल्लेखनीय सुधार गरी टी ब्याग तयार गरिन्छ । जसका कारण यसले प्रयोगकर्तालाई अतुलनीय चियाको अनुभव प्रदान गर्दछ । कुल ९० प्रकारका चियाहरूका साथ राकुराको चिया संग्रह विश्वकै सबैभन्दा ठूलो मध्ये एक बनेको कम्पनीको दाबी छ।

वातावरण मैत्री प्याकेजिङ

कम्पनीका अनुसार सबै राकुरा उत्पादनहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका छन् । राकुरा टी-ब्यागहरू अब छुट्टा छुट्टै रूपमा यसको ताजा प्याकहरूमा बेरिएर आउँछन् ।

राकुरा चियाहरू दिगो स्रोत एफएससी प्रमाणित प्याकेजिङमा प्याक गरिएको हुन्छ । खाद्य र वातावरण मापदण्डहरूको अतिरिक्त जलवायु-नियन्त्रित अवस्थाहरू अन्तर्गत क्लिन-रूम प्रोटोकलहरू पालना गरेको छ ।

कति पर्छ मूल्य ?

राकुरा नेक्स्ट जेनेरेसन चियाका थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध छन् । जसको मूल्य भेरियन्टको आधारमा प्रति प्याकेट १७९ रुपैयाँदेखि २७९ रुपैयाँसम्म तोकिएको छ ।

यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका पसल, मार्ट र सुपरमार्केटमा उपलब्ध हुनेछन् भने एक महिनाभित्र देशभरि उपलब्ध हुनेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?