काठमाडौं । समलिंगी सम्बन्धलाई वैधानिकता नदिने विश्वको एक मात्र लोकतान्त्रिक मुलुक हो जापान । थोरै सेलिब्रेटीले मात्र खुलेर आफू समलिंगी रहेको बताएका छन् । त्यहाँको पुरातनवादी समूहले लैंगिक अल्पसंख्यक समुदायलाई संरक्षण गर्न भइरहेका विधायिकी प्रयासको खुलेर विरोध गर्दै आएका छन् ।
तर अब नेटफ्लिक्सले जापानमा पहिलोपटक समलिंगी डेटिङ रियालिटी श्रृंखला सुरु गर्दैछ । ‘द ब्वायफ्रेन्ड’ नाम दिइएको १० एपिसोडसम्मको सिरिजको स्ट्रिमिङ आज (मंगलबार)देखि सुरु हुँदैछ । टोकियो बाहिरको एउटा लक्जरी बिच हाउसमा नौ जना पुरुष प्रतिस्पर्धीलाई राखिएको छ ।
नेटफ्लिक्सको यो श्रृंखलाले हामीलाई जापानको रोमान्टिक रियालिटी शो ‘टेरेस हाउस’को सम्झना गराउँछ, जहाँ विनम्र सदस्य घरभित्र प्रतिस्पर्धीको रुपमा सहभागी थिए । यो डेटिङ शोको आभा एकदमै शुद्ध देखिन्छ ।
२२ देखि ३६ वर्ष उमेर समूहका पुरुष दिनमा कफी पिउँछन् र रातमा खाना पकाउँछन् । कहिलेकाहीं घुम्न बाहिर निस्कन्छन् । यो शोको सबैभन्दा ठूलो विवाद क्लब नर्तकको लागि प्रोटिन सेक बनाउन र कुखुराको काँचो मासु किन्ने कुरा वरपर घुम्छ ।
यसमा यौनको कुरा विरलै आउँछ । मित्रता र आत्मसुधार रोमान्सको मुख्य प्राथमिकतामा छन् । सिरिजका कार्यकारी निर्माता दाई ओटा ‘द ब्वायफ्रेन्ड’ मार्फत आफूले समलिंगी सम्बन्धलाई आफूले वास्तविकता जस्तै चित्रण गर्न चाहेको बताए ।
‘द ब्वायफ्रेन्ड’ले दक्षिण कोरियाली, ताइवानी र बहुजातीय सम्पदाका सदस्यलाई विविध तरिकाले प्रतिनिधित्व गर्ने बताउँछन् । समलिंगी सम्बन्धको मुद्दामा जापान पछि परेको भएपनि आफ्नो उद्देश्य चाहिं यो सिरिज मार्फत राजनीतिक टिप्पणी गर्नु नरहेको बताउँछन् ।
जबकि ‘द ब्वायफ्रेन्ड’ जापानमा बनाइएको पहिलो समलिंगी डेटिङ रियालिटी शो हुनसक्छ तर यसअघि नेटफ्लिक्समा यसअघि ‘द अल्टिमेटम : क्वीयर लभ’ सहित क्वीयर डेटिङ शोको संख्यामा वृद्धि भएको छ ।
बीबीसीमा ‘आई किस्ड अ ब्वाय’ र ‘आई किस्ड अ गर्ल’, एप्पल टिभी प्लसमा ‘फर द लभ अफ डिल्फ्स’ र दक्षिण कोरियामा ‘हिज म्यान’ समावेश छन् । ‘द ब्वायफ्रेन्ड’का कास्टिङ निर्देशक समेत रहेका समलिंगी मोडल तथा सामाजिक सञ्जालका इन्फ्लुएन्सर ताइकी ताकाहासीले यो शोबाट आफूले धेरै आशा लिएको बताए ।
टोकियोस्थित नेटफ्लिक्स कार्यालयमा अन्तर्वार्तामा बोल्दै उनले भने, ‘हामी समाजलाई परिवर्तन गर्न चाहँदैनौं । तर म चाहन्छु धेरै मानिसले कुनै प्रभाव महसुस गरुन् ।’
प्रतिक्रिया 4