+
+
Shares

‘सैयारा’ शुक्रबारदेखि नेटफ्लिक्समा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडको रोमान्टिक फिल्म 'सैयारा' १२ सेप्टेम्बरदेखि नेटफ्लिक्समा रिलिज हुने भएको छ।
  • फिल्मले नेपाली बक्सअफिसमा १० करोड हाराहारी कमाएको अनुमान गरिएको छ।
  • मोहित सुरी निर्देशित फिल्मले विश्वभर ५७०.११ करोड भारु कमाइसकेको छ।

काठमाडौं । विश्वब्यापी बक्सअफिसमा उछाल कमाइ गरेको बलिउडको रोमान्टिक फिल्म ‘सैयारा’ अब ओटीटीमा रिलिज हुने भएको छ ।

अहान पाण्डे र अनित पड्डा स्टारर यो फिल्म १२ सेप्टेम्बर, शुक्रबारदेखि नेटफ्लिक्समा रिलिज हुन लागेको हो ।

ओटीटी रिलिजअघि फिल्मबाट हटाइएका भनिएका दृश्य सामाजिक संजालमा सेयर भैरहेका छन् । ती दृश्यलाई ओटीटी संस्करणमा समावेश फ्यानले आग्रह गरिरहेका छन् ।

यो फिल्मले नेपाली बक्सअफिसमा समेत उछाल कमाइ गरेको थियो । नेपाली बक्सअफिसमा यसले १० करोड हाराहारीमा कमाइ गरेको अनुमान गरिएको छ ।

मोहित सुरी निर्देशित फिल्मले भारतमा मात्र ३२९.५९ करोेड भारु र विश्वभर ५७०.११ करोड भारु कमाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?