+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मिस नेपालका २६ फाइनलिस्टले देखाए ट्यालेन्ट (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:१४

काठमाडौँ । यतिबेला मिस नेपाल २०२४ को सहविधाको प्रतिस्पर्धा भैरहेको छ । विहिबार २६ जना फाइनलिस्टले ट्यालेन्ट राउण्डको विधाका लागि आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरे ।

‘ट्यालेन्ट’ राउण्डअन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका कला प्रस्तुत गरे । दि हिडन ट्रेजरले वर्षेनी आयोजना गर्ने यो सौन्दर्य प्रतियोगिताको यसवर्षको संस्करणको फिनाले साउन १९ गते ललितपुरमा आयोजना हुँदैछ ।

शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाइँ, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइरालाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

गतसाता ‘मिस भिजिनरी’ सहविधाको प्रतिस्पर्धा आयोजना गरिएको थियो । स्वीमसुट, फार्मसी अफ द इयर, मिस डीएचआई, जुभारा मिस हाइजिन, ब्रिज मिस कन्फिडेन्ट, मिस फोटो फोटोजेनिक, मिस हेल्दी स्किन, ब्युटी विथ अ पर्पस सहविधाका पनि प्रतिस्पर्धा हुँदैछन् ।

मिस नेपालको अफिसियल अनलाइन पार्टनरको रुपमा अनलाइनखबर डटकम र टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी छ ।

यो सहविधाको प्रायोजकको रुपमा यति एयरलाइन्स थियो । ‘वुमन विथ विङ्स’ नारा दिइएको यो ट्यालेन्ट राउण्डमा गायिका रोजी श्रेष्ठ, फिल्म निर्देशक प्रकाश सायमी, यति एयरलाइन्सका बजार व्यवस्थापक युवराज विष्ट, नृत्य निर्देशक केशव थापा, काठमाडौं जेसिजकी अध्यक्ष अन्जिला खड्का जज थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?