+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललितपुरको धापाखेलबाट २० वर्षीय युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १६:४०

२८ असार, काठमाडौं । ललितपुरको धापाखेलबाट २० वर्षीय युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–२३ बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा रहेका छन् ।

उनी २५ असारको राति ७ बजेबाट हराएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदी बताए ।

उनका अनुसार शर्मा राति ७ बजेतिर साथीको कोठामा जान्छु भनेर आफ्नो कोठाबाट निस्केका थिए । त्यसपछि साथीको कोठामा पुगेको समेत पत्ता लागेको छ । तर त्यहाँबाट पनि अब आफ्नो कोठा जान्छु भनेर निस्केका उनी बेपत्ता भएको एसपी सुवेदीले बताए ।

बेपत्ता युवकको मोबाइलसमेत स्वीच अफ रहेकोले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ । शर्मालाई कसैले भेटेमा नजिकैको प्रहरीमा वा आफन्तलाई खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?