+

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

२०८१ असार  ३० गते १२:३० २०८१ असार ३० गते १२:३०
Shares
बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

घरमा साना बालबालिका भएका आमाबुबा बच्चाको स्वास्थ्यको विषयमा निकै सचेत हुन्छन् । अझ पहिलो सन्तानको पालोमा त अभिभावकलाई बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरा खासै थाहा हुँदैन । त्यसैले सामान्य समस्या देखा पर्दा पनि अभिभावक आत्तिन्छन् ।

कहिलेकाहीं बच्चाले छिटो सास फेर्दा त्यसले पनि अभिभावकलाई चिन्तित बनाउन सक्छ । तर नवजात शिशुले छिटो सास फेर्छन् भने त्यो चिन्ताको विषय नहुन सक्छ । दुई महिना भन्दा कम उमेरका बच्चाले एक मिनेटमा ६० पटकसम्म सास फेर्छन् भने त्यो सामान्य हो ।

दुई महिनादेखि एक वर्षसम्मको बच्चाले एक मिनेटमा ४० पटकसम्म सास फेर्छ भने त्यो पनि सामान्य अवस्था हो । बच्चाको फोक्सो सानो हुन्छ, त्यसैले उनीहरूको श्वास छिटो हुनसक्छ । बच्चा बढ्दै जाँदा फोक्सोको विकास हुन थाल्छ । फोक्सोको क्षमता बढ्छ र श्वास फेर्ने प्रक्रिया पनि बिस्तारै ढिलो हुँदै जान्छ ।

साथै एक महिनासम्मको बच्चाले एक मिनेटभित्र रेगुलर सास फेर्दैनन् । एक छिन छिटो सास फेर्छन् भने एक छिन ढिलो फेर्छन् त्यो पनि सामान्य नै हो । बच्चालाई ज्वरो आएको बेलामा पनि छिटो सास फेर्छन्,  त्यस्तोमा ज्वरोको औषधि ख्वाएर ज्वरो कम भएपछि सास सामान्य हुनसक्छ ।

यी माथिमा समस्या नहुँदा पनि बच्चाले सामान्य भन्दा छिटो सास फेरिरहेको छ भने आमाबुबा सचेत हुनुपर्छ । बच्चाले छिटो सास फेर्नु सामान्य हो कि होइन, केही समस्याको लक्षण पो हो कि भन्ने विषयमा अभिभावकले ध्यान दिनुपर्छ ।

कस्तो अवस्थामा बच्चाले छिटो सास फेर्छन् ?

बच्चाले छिटो छिटो सास फेर्छन् भने उसको फोक्सोमा केही न केही समस्या हुनसक्छ । साथै फोक्सोसँग सम्बन्धित रोगमा श्वास छिटो हुनुका साथै बच्चालाई सास फेर्न गाह्रो हुनसक्छ । छातीको संक्रमण, निमोनिया र अस्थामाको समस्या हुँदा पनि बच्चाले छिटो छिटो सास फेर्छन् ।

नाकमा म्युकस जम्मा हुँदा बच्चालाई सास फेर्न गाह्रो हुने वा छिटो सास फेर्ने समस्या हुनसक्छ । घाँटीको संक्रमणका कारण बच्चाले छिटो सास फेर्न सक्छ । साथै बच्चालाई चिसो हुँदा पनि छिटो सास फेर्न सक्छन् ।

बच्चाले सास फेर्दा घ्यारघ्यार पनि गर्छन् के भएको होला ?

बच्चाले छिटो सास फेरेको छ र कोखा हानेको छ भने त्यो निमोनिया हो । तर छिटो सास फेरेसँगै छातीबाट घ्यारघ्यार आवाज आएको छ भने बच्चामा अस्थामाको समस्या हुनसक्छ ।

छातीमा घ्यारघ्यार हुनु भनेकै छातीमा समस्या हुनु तथा सास लिनमा समस्या हुनु भएकाले तुरुन्तै चिकित्सकसँग परामर्श लिन जरुरी छ । साथै श्वासनलीमा कफ जम्मा भएमा बच्चाले सास फेर्दा छाती घ्यारघ्यार हुन्छ ।

बच्चामा यस्तो समस्या भएमा के गर्ने ?

बच्चाले छिटो सास फेरिरहेको छ भने क्षणिक कुराले छिटो सास फेरेको हो कि भनेर हेर्नुपर्छ । ज्वरो आएका कारण छिटो सास फेरेको हो भने ज्वरोको औषधि दिनुपर्छ । रुँदा पनि बच्चाले छिटो सास फेर्छन् त्यसो भने शान्त गराउनुपर्छ । धेरै पटक बच्चालाई दूध खुवाउँदा अपचको समस्या हुन्छ । जसले पनि बच्चाले छिटो सास फेर्न सक्छ । यस्तो अवस्थामा दूध खुवाउँदा ध्यान दिनुपर्छ ।

यी सबै कुरामा ध्यान दिंदा पनि बच्चाले अझै छिटो सास फेर्छ भने केही समस्याको संकेत हुनसक्छ । यस्तोमा छिटो अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चाले छिटो छिटो सास पनि फेरेको र साथमा घ्यारघ्यार पनि भएको छ भने अस्थामाको समस्या भएको हुनसक्छ । यस्तो भएमा अस्पताल गएर परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यदि बच्चाले छिटो सास फेरिरहेको छ वा सास फेर्दा घ्यारघ्यार आवाज आएको छ भने मेडिकल गएर चिकित्सकको परामर्श विना एन्टिबायोटिक खान दिने गरेको पाइन्छ । यसरी चिकित्सकको परामर्श विना  एन्टिबायोटिक दिइयो भने समस्या समाधान हुनुको साटो बढ्न सक्छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले संक्रामक जीवाणुले औषधि प्रतिरोध गर्ने क्षमता ‘एन्टिबायोटिक रेजिस्टेन्स’ कम भएर बच्चा सिकिस्त बिरामी भएर अस्पताल आएको बेला दिनुपर्ने एन्टिबायोटिकले काम नगर्ने अवस्था सिर्जना हुनसक्छ । त्यसैले परीक्षण गरेर समस्या पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ ।

डा. जगतजीवन घिमिरे बालरोग श्वासप्
डा. जगतजीवन घिमिरे
लेखक
डा. जगतजीवन घिमिरे
बाल श्वासप्रश्वास तथा सघनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७७६२ डा. घिमिरेले  बाल चिकित्सा पल्मोनोलोजी र गहन हेरचाहमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान(AIIMS)बाट, नयाँ दिल्लीबाट डीएम गरेका छन् । हाल उनी कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची