 
																			३१ असार, काठमाडौं । नवनियुक्त भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा उक्त नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजाने निर्णय हस्ताक्षर गरेका हुन् ।
उनले भौतिक मन्त्रालयको कामले मुलुकको समृद्धिको नेतृत्व गर्ने भन्दै सोही अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विकास निर्माणको काम ठप्प भएको भन्दै उनले काम छिटो सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा हुने बताए । उनले विकास निर्माणका काममा क्यालेन्डर बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4