
३ साउन, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।
बिहीबार लोसपा शिक्षा तथा संस्कृति मन्त्रालय लिएर सरकारमा जान सहमत भएको छ । लोपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएकी छन् ।
यसअघि यो मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसबाट चार र लोसपाबाट एक मन्त्रीको पद तथा गोपनियताको शपथ अहिले प्रदेश प्रमुख कार्यालयमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4