कृत्रिम गर्भनालले समयपूर्व जन्मिएका शिशुहरुको ज्यान बचाउन सक्ने केही विज्ञले दाबी गरिरहेका छन् । उनीहरुका अनुसार कृत्रिम गर्भनाल प्रयोग गर्ने हो भने समयपूर्व जन्मिएको शिशुमा हुने जटिलता कम गरी बचाउन सकिने प्रविधि विकास भइरहेको छ ।
महिलाको पाठेघरमा रहेको गर्भनालको पानी भ्रूण विकास भएपछि बल्ल बच्चा जन्मिन्छ । तर तोकिएको मितिअघि जन्मियो भने बच्चामा स्वास्थ्य समस्या देखिने, मृत्यु हुने वा बाँचे पनि कमजोर रहने हुनसक्छ ।
यसै जोखिमलाई रोकथाम गर्न अमेरिकाको पेन्सिलभेनियास्थित चिल्ड्रेन्स हस्पिटल अफ फिलाडेल्फिया (सीएचओपी) ले मितिअगावै जन्मिएको शिशुका लागि यो व्यवस्था ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।
के हो कृत्रिम गर्भनाल ?
कृत्रिम गर्भनालले नवजात शिशुको विकासका लागि अतिरिक्त नौ महिनासम्मको गर्भाशय वातावरण विकसित गर्ने काम गर्छ । यसको उद्देश्य गर्भाधारणदेखि जन्म नहुने समयसम्म त्यसमा भ्रूणलाई विकसित गर्नु पक्कै होइन । यस्तो मात्र सपनामा सम्भव हुनसक्छ ।
यसको एक मात्र उद्देश्य भनेको समयपूर्व जन्मिने शिशुहरूको जीवित रहने दर बढाउनु र भविष्यमा हुनसक्ने जोखिम घटाउन मद्दत गर्नु हो । स्वस्थ गर्भावस्थामा ४० साताको मानिन्छ । ३७ सातालाई पनि स्वस्थ गर्भावस्था मान्न सकिन्छ ।
यद्यपि, केही जटिल अवस्थामा समयपूर्व सन्तान जन्मिने जोखिम रहन्छ । पछिल्लो दशक अत्याधुनिक नवजात गहन उपचार विधिले गर्दा समयपूर्व बच्चा जन्मिएपनि सामान्य खालका जटिलता लिएर बच्चाहरु डिस्चार्ज पनि हुन्छन् ।
हालैको तथ्यांकले इनटेन्सिभ केयरले गर्दा ३० प्रतिशतसम्म २२ हप्ताका शिशु बचाउन सफल भएको देखाएको छ ।
‘इमान्दारीपूर्वक भन्नुपर्दा २८ देखि ३७ साताका शिशुको गुणस्तर पनि राम्रै देखिएको छ,’ नवजात शिशुरोग विशेषज्ञ डा. स्टेफेन कुकोरा भन्छन्, ‘२२ साता र त्यो भन्दा कम अवधिमा पनि शिशु जन्मिएका छन् । तर उनीहरुको जीवन कतिको स्वस्थकर र गुणस्तरीय हुन्छ भन्न सकिने अवस्था हुँदैन ।’

जटिलता
कम तौलका बच्चामा स्वास्थ्य समस्याका चुनौती धेरै देखिन्छन् । त्यस्ता बच्चा ९०० ग्राम भन्दा कमका हुन्छन् । उनीहरुको जटिल अंग मुटु, फोक्सो, पाचन अंग, मस्तिष्क पर्याप्त मात्रामा विकसित भएको हुँदैन । उनीहरुलाई इनटेन्सिभ केयर नदिई राख्न असम्भव छ ।
उनीहरुमा छोटो समयावधिका लागि उत्पन्न हुने जटिलता बारम्बार देखिने हुनसक्छ । जसले आन्द्रा सुन्निने र बिस्तारै काम गर्न छाड्छ । यो समयमा संक्रमण, ‘स्पेसिस’ र ‘स्पेटिक सक’ हुनसक्छ । यो भनेको रक्तचापमा गिरावट आउनु हो । जसले फोक्सो, मिर्गौला, कलेजो र अन्य अंगलाई क्षति पुर्याउन सक्छ । दीर्घकालीन समस्यामा बच्चामा ‘सेरेब्रेल प्लासी’, दम, आँखा र सुन्ने क्षमतामा प्रभाव पार्न सक्छ । बच्चाको जीवन बचाउन अक्सिजन र भेन्टिलेसन दिंदा पनि उसको फोक्सोमा समस्या गरेको हुनसक्छ ।
मिचिगन युनिभर्सिटीको सीएस मोट चिल्ड्रेन हस्पिटलका प्रसूति तथा स्त्रीरोग विज्ञानका प्राध्यापक तथा शल्यचिकित्सक जर्ज माइचालिस्का भन्छन्, ‘प्रारम्भिक गर्भावस्थामा फोक्सो अझै विकास भइरहेको हुन्छ र यसमा तरल पदार्थ भरिनुपर्छ। जो समयपूर्व जन्मिंदा तत्काल फोक्सोको विकास हुन पाउँदैन ।’
यो प्रविधिमा तीन टोलीले काम गरेका छन् । उनीहरूले एक्स्ट्राकोरपोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ)बाट प्रेरणा लिएर यो प्रविधि विकासमा जुटेका हुन् । इसीएमओ भनेको कृत्रिम जीवन रक्षक यन्त्र हो । जसले फोक्सो र मुटुले काम नगरेको अवस्थामा मद्दत गर्छ ।
यो यन्त्रले शरीरबाहिर पनि रक्तसञ्चारको प्रक्रियाबाट बच्चामा तन्तुको माध्यमबाट अक्सिजन मुटु र फोक्सोमा पुर्याउँछ । यो ठूला बच्चामा प्रयोग हुन्छ । समयपूर्व जन्मिएकाहरुको लागि त्यति उपयुक्त नहुन सक्छ ।
यहीबाट जुक्ति लिएर तीन समूहले समयपूर्व जन्मिएका शिशुका लागि उपयुक्त उपकरण बनाउन लागेका हुन् । पहिलो टोली सीएचओपीले गर्भनालमा हुने तरल पदार्थ जस्तै डिजाइन गरिएको तरलताले भरिएको ‘कृत्रिम गर्भनाल’ बनाएका छन् । त्यसमा ‘कृत्रिम गर्भनाल’मा शिशु राखेर नाभीको सानो रक्तनलीहरूलाई (इसीएमओ) जस्तो उपकरणमा जडान गर्नेछन् ।

उक्त टोलीको नेतृत्व गरिरहेका विज्ञ एलान फेल्क र उनको टोलीले सन् २०१७मा आठवटा भेडाको भ्रूणहरुमा परीक्षण गरेका थिए । ती भ्रूण चार सातासम्म कृत्रिम गर्भाशयमा बाँच्न सफल भएका थिए । मिचिगन विश्वविद्यालयका जर्ज माइचालिस्काको नेतृत्वमा चलेको अर्को टोलीले कृत्रिम गर्भनालको विकास गरिरहेको छ ।
पूरै भ्रूणलाई तरल पदार्थमा डुबाउनुको सट्टा उनीहरूले विशेषरूपमा विकसित गरिरहेको तरल पदार्थले शिशुको फोक्सोमा सास फेर्न नली प्रयोग गर्ने योजना बनाएका छन् । यस्तोमा भ्रूणले मुटुबाट रगत पम्प गरी नाभीको नसामार्फत अक्सिजनयुक्त रगत पठाउँछ ।
‘मलाई एउटा प्लाटफर्म चाहिएको थियो, जुन बच्चाहरूका लागि सजिलैसँग उपलब्ध होस् र नवजात शिशुको गहन हेरचाहमा प्रयोग गर्न सकियोस्,’ माइचालिस्का भन्छिन्, ‘यो प्रविधि विकास गर्नु भनेको प्रविधि गर्भनाल असंख्य कार्यहरू प्रतिस्थापन गर्ने उद्देश्यले होइन ।’
यसको उद्देश्य रक्तचाप, मुटुको दर र भ्रूणको परिसंचरण कायम राख्ने क्रममा अंगहरु सुरक्षित र विकास जारी राख्न मद्दत गर्ने प्रविधि विकास गर्नु हो ।
हालैको परीक्षणमा भेडाको भ्रूण मेकानिकल भेन्टिलेसनमा स्थानान्तरण गर्नुअघि सुरक्षित रूपमा १६ दिनसम्म सो मेसिनमा राखियो । यस अवधिमा उनीहरूको फोक्सो, मस्तिष्क र अन्य अंगहरु राम्रोसँग विकास हुन थालेको पाइयो ।
संयुक्त रुपमा काम गरिरहेको अस्ट्रेलिया र जापानको टोलीले कृत्रिम गर्भाशय विकास गरिरहेको छ । जसलाई एक्स भिभो युटिरिन इन्भारमेन्ट थेरापी(ईभीई) नाम दिइएको छ ।
‘हामी ५०० ग्रामसम्मको भ्रूणलाई राख्न सकिने निष्कर्षमा पुगेका छौं,’ टोलीका सदस्य एवं स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. म्याट केम्प भन्छन्, ‘यो स्वास्थ्य जोखिममा परेका बच्चाहरूका लागि ठूलो उपलब्धि हो ।’
कृत्रिम गर्भनाल-गर्भाशयको प्रयोग गरेर गरिएका अधिकांश परीक्षणपछि भेडाको बच्चा अव्यवस्थित छोडिएको खण्डमा पनि स्वस्थ हुन्छन् । तर मानिसको हकमा भने आमाकै कारण भ्रूण छिटो जन्मिने हुँदा तिनीहरूको उपचार गर्न गाह्रो छ ।
अस्पतालमा यस्ता कृत्रिम गर्भनाल र गर्भाशयको सेवा देख्न पाइन्छ ?
सम्भवत: यो आविष्कार पाइपलाइनमै छ । टोलीले हालै फेडरल ड्रग एडमिनिस्ट्रेनसँग यो परीक्षण मानवमा पनि गर्न अनुमतिका लागि आवेदन दिएको छ । केही वर्षमै मानव परीक्षणपछि सेवा सञ्चालनमा आउनेमा टोली सकारात्मक देखिन्छ ।

यद्यपि, गर्भाशयमा भ्रूण कसरी बढ्छ भनेर ठोस अध्ययन अझै चलिरहेको छ । जुन मानव परीक्षणअघि सक्ने विज्ञ केम्प बताउँछन् ।
हालैको एक आलेखमा स्टेफनी ककोराले भने, ‘फरक-फरक प्रविधिमा सूक्ष्म भिन्नता छ । जसले नैतिक चुनौती निर्माण गर्छ । उदाहरणका लागि कृत्रिम गर्भाशयमा एक नली फिट गर्नुपर्ने हुन्छ । त्यसका लागि शिशुलाई तुरुन्त आमाबाट सो उपकरणमा राख्नुपर्छ ।
किनकि गर्भ बाहिरिने बित्तिकै गर्भनालको नली बन्द हुन थाल्छ । यस्तोमा प्रसब व्यथा लाग्ने बित्तिकै शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने हुन्छ ।
कुकोरा भन्छन्, ‘जब छिटो शल्यक्रिया भयो त्यति समयमा कृत्रिम गर्भाशयमा राख्नुपर्छ । नत्र जोखिम बच्चामा थप बढेर जान्छ ।’
यो परीक्षण सफल भए समयअघि बच्चा जन्मिएमा सन्तानलाई के होला भनेर दम्पती चिन्तित हुनुपर्ने छैन । बच्चामा हु्न सक्ने भविष्यका जोखिम पनि टर्नेछन् ।
 
                    










 २०८१ साउन  ६ गते १३:१५
                        २०८१ साउन  ६ गते १३:१५                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                             
                                         
                            
प्रतिक्रिया 4