+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बुटवल-तानसेन सडकखण्ड हिउँदे खोला नजिकै सडक भासियो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १४:४८

८ साउन, बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।
तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन । सडक भासिए पनि यातायात भने सुचारु छ।

तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए।

सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ।

ठूला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारीकारी आनन्द काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?