+

वर्ल्ड हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्याण्ड प्रस्थान

२०८१ साउन  १६ गते ११:३८ २०८१ साउन १६ गते ११:३८
वर्ल्ड हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्याण्ड प्रस्थान

१६ साउन, काठमाडौं । थाइल्याण्डमा आयोजना हुने वर्ल्ड हाप्किडो च्याम्पियनसिप तथा रोयल थाई प्रिन्सेस कपमा सहभागी हुन नेपाल हाप्किडोको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अगष्ट १ देखि ४ सम्म च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ६ खेलाडीसहित ८ सदस्यीय टोली थाईल्याण्ड प्रस्थान गरेको हो ।

नेपाली खेलाडीहरु कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ छन् ।

यस्तै टोलीको प्रशिक्षकमा नेपाल हाप्किडो संघका प्रमुख प्रविन गुरुङ तथा थम प्रकाश छन्त्याल टिम म्यानेजरको भूमिकामा छन् ।

नेपाली टोलीले पोखरामा बन्द प्रशिक्षण राखेर वर्ल्ड च्याम्पियनसिपका लागि तयारी गरेको थियो ।

च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य रहेको नेपाली हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।

हाप्किडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय